Advertisement

भ्रष्टाचारमा चोखो कुनै पार्टी छैनन्, सबैमाथि छानबिन हुनुपर्छ: डा केसी

0 14

Advertisement

३० वैशाख, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले भ्रष्टाचारको कुरामा कुनै पनि दल चोखो नभएको आरोप लगाएका छन्।

माइतघर मण्डलामा भ्रष्टाचार विरुद्ध आन्दोलन गर्न पुगेका केसीले नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी सहितका सबै दलभित्र भ्रष्टाचारी रहेको बताए।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई सरकारले कारबाही गर्नुपर्ने बताए। उनले टोपबहादुर रायमाझीलाई अबिलम्व पक्राउ गर्नुपर्ने माग गरे।सरकारकै कमजोरीका कारण उनी फरार भएको र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको बचाउ गरिररहेको डा केसीले आरोप लगाए।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दलभित्र पनि भ्रष्टाचार गर्ने मानिसहरु भएकाले उनीहरुलाई पनि कारबाही हुनुपर्ने उनले माग गरे। उनले नक्कली भुटानी शरणार्थी बनाउने सबैलाई अनुसन्धानको दायरमा ल्याएर कारबाही हुनुपर्ने आस जनताले गरेकाले सरकारले यसमा पछि हट्न नहुने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.