Advertisement

हिजादेखि बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा

0 27

Advertisement

१९ वैशाख, काठमाडाैं । हिजो दिउँसोदेखि बन्द रहेको पृथ्वी राजमार्ग विहान ९:४५ देखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा हिजो दिउँसोदेखि राजमार्गमा सवारी आवागमन अवरुद्द भएको थियो ।

दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । हिजो दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द गरिएको थियो । राजमार्ग अवरुद्ध भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

बाटो एकतर्फी मात्र सञ्चालनमा रहेकोले सहजता अनुसार हेटौँडा काठमाण्डौं र काठमाण्डौं नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.