Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए हालसम्मकै धेरै पर्यटक

0 29

Advertisement

१९ वैशाख, भरतपुर । कोभिडपछि लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा विस्तारै सुखद संकेतहरु देखा पर्न थालेका छन्। नेपालको प्रमुख पर्टकीय गन्तव्य मध्येको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढेको छ।

चालु आर्थिक वर्ष २०७९/०८० चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ पर्यटक निकुञ्ज भित्रिएका छन्। यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो। अझै आव सम्पन्न हुन ३ महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार ७०८ नेपाली, ३९ हजार ४०५ विदेशी, २२ हजार ३९० सार्क राष्ट्रका पर्यटक छन्। चालु आवमा १९ करोड ८ लाख ४३ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.