Advertisement

नेप्से परिसूचक २६.८५ अंकले गिरावट

0 64

Advertisement

१२ चैत, काठमाडौं साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ। पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ।

आइबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बिहीबारको तुलनामा आज नेप्से कारोबार रकमसमेत घटेको छ। बिहीबार १ अर्ब ४१ करोडको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ। त्यस्तै,लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त,बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक घटे पनि माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कालिञ्चोक दर्शनको सेयरमूल्य ६ प्रतिशत बढेको छ।

तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइबार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.