Advertisement

फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

0 42

Advertisement

१२ चैत, एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् ।

जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी अरेलिया चान जुकरबर्गसहितको तस्वीर राखेका छन् । जसका उनले लेखेका छन्- संसारमा तिमीलाई स्वागत छ । अरेलिया चान जुकरबर्ग ! तिमी ईश्वरको आशीर्वाद हौ ।

स्मरण रहोस् जुकरबर्ग दम्पत्तिका यसअघि ७ वर्षीया छोरी मेक्सिमा र पाँच वर्षका छोरा अगस्त छन् ।

जुकरबर्ग र उनकी पत्नी चानको प्रेम कहानी सन् २००३ मा सुरु भएको थियो । उनीहरु दुवैजनाको पहिलो चिनाजानी हार्वर्ड विश्वविद्यालयको पार्टीमा बाथरुमका लागि लाइन लागेको बेला भएको थियो । त्यसपछि उनीहरुले सन् २०१० मा फेसबुकमार्फत् आफूहरू प्रेम सम्बन्धमा रहेको घोषणा गरे र सन् २०१२ मा बिहे गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.