Advertisement

प्रचण्ड विरुद्धको रिट दर्ता हुँदै

0 43

Advertisement

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट दर्ता हुने क्रममा छ। गत बिहीबार सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएपछि मंगलबार रिट दर्ता गर्न लागिएको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको शुक्रबारको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश जारी गरेको थियो।

ज्ञानेन्द्रराज आरणले माओवादी अध्यक्ष प्रचण्डविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा पेश गरिएको छ। रुजु गरेर दर्ता गर्ने क्रममा रहेको बताइएको छ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट सर्वोच्चको पछिल्लो आदेशसँगै दर्ताको प्रक्रिया सुरु भएको हो। माओवादी केन्द्रले भने द्वन्द्वकालीन विषयलाई संक्रमणकालीन न्याय अन्तर्गत टुंग्याउनुपर्ने बताउँदै आएको छ।

२०७६ माघ १ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका क्रममा मानिएका पाँच हजारको जिम्मेवारी लिने बताइएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.