Advertisement

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक अनिश्चित

0 42

Advertisement

११ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक अनिश्चित भएको छ। बिहीबार ११ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भनिएको बैठक बस्नेबारे अन्योल रहेको प्रवक्ता प्रकाशशरण महतले बताए।

‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो तर कति बजे बस्ने अहिलेसम्म तय हुन सकेको छैन,’ महतले भने, ‘दलका शीर्ष नेताहरु आन्तरिक छलफल र भेटघाटमा भएकाले बैठक निश्चित हुन सकेको छैन।’ शनिबार राष्ट्रपतिका लागि उम्मेदवार तय गर्नुपर्ने भएकाले बेलुकासम्म बैठक बस्न पनि सक्ने उनले बताए।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गते (शनिबार) मनोनयन गर्ने मिति तोकिएको छ। त्यसअघि नै उम्मेदवार तय हुने उनले बताए।

कांग्रेसका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सारेको उम्मेदवार निर्वाचित हुने बताउँदै आएका छन्। बुधबार साँझ मात्रै कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग राष्ट्रपतिका विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्डसँग पुरानो (५ दलीय गठबन्धन) ब्युँताउने सर्तमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने अनौपचारिक सहमति भएको छ। बाँकी कुरा बिहीबार बसेर टुङ्गाउने तयारी भएकाले पार्टीको बैठक अनिश्चित भएको हो।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उत्साहित बनेको कांग्रेसले गठबन्धनमा हुने सहमतिका आाधारमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने तयारी गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.