Advertisement

मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले बनायो परामर्श समिति

0 25

Advertisement

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गर्न परामर्श समिति बनाएको छ।

पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको जसपाले जनाएको छ।

समितिको सदस्यहरुमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन्।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने बताइएको छ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरिसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.