Advertisement

फेरि चम्किए सन्दीप,  लिए लगातार ३ विकेट

0 26

Advertisement

०९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका हुन्।

लामिछानेले सुरुमा ओपनर केइल कोट्जरलाई एलबीडब्लुको धरापमा पारे। त्यसपछि १४औं ओभरका अन्तिम २ बलमा लगातार २ विकेट लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ। स्कटल्यान्डले १४ ओभर खेलेर ८९ रनमा ३ विकेट गुमाएको छ।

नेपाली टिममा तीव्र गतिका बलर गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीलाई ल्याइएको छ। यसअघि नेपालले नामिबियासँग दुई खेलमा र स्कटल्यान्डसँग एकमा गरी ३ खेलमा जित हात पारेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.