Advertisement

बेनी–गलेश्वर सडक मार्ग खुलेको २७ वर्षपछि कालोपत्र हुँदै

0 55

Advertisement

१३ माघ, म्याग्दी । ट्रयाक खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्रे गर्न सुरु भएको छ।

जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दूरीको यो सडक २०५३ मा ट्रयाक खुलेको थियो। यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले बेनी–गलेश्वर सडकलाई पूर्ण रुपमा विस्तार र स्तरोन्नतिसँगै कालोपत्रे गर्न लागेको हो। आयोजनासँग गत पुस १७ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउन सुरु गरेको छ।

२ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग भ्याट र पीएस एसहित १२ करोड २५ लाख ९४ हजार ४३६ मा सम्झौता भएको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ।

दुई वर्षको अवधीमा ११ मिटर फराकिलो बनाइने सडकमा नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट बनाएर ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.