Advertisement

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

0 116

Advertisement

११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ। माघ २५ गतेका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो। सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ।

नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत् राष्ट्रिय सभा सदस्य चयन गर्न लागिएको हो। एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन्। नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउँदैछ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ दुई सय १८ मतदाता छन्।

माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ।

प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन्।

यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.