Advertisement

सीडीओ सरुवा र पदस्थापनका लागि गृहले बनायो नयाँ मापदण्ड

0 55

Advertisement

०५ माघ, काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा र पदस्थापनका लागि भन्दै गृह मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ। सीडीओ पदस्थापन र सरुवा वा कामकाजमा खटाउनेबारे कार्यविधि बिनाइएको हो।

कार्यविधिमा राजपत्राकिंत प्रथम र द्वितीय श्रेणीका अधिकृत (सह–सचिव र उपसचिव)लाई मात्रै सीडीओका रुपमा खटाइने व्यवस्थालाई निरन्तरता दिइएको छ।

प्रदेश राजधानी भएको जिल्लाहरुमा मन्त्रालय, विभाग वा अन्तर्गका कार्यलयहरुमा सीडीओ भइ काम गरिसकेका व्यक्तिलाई मात्रै खटाइने पनि कार्यविधिमा उल्लेख गरिएको छ।

कार्यविधिमा विभागीय कारबाही पाएको अवधिभर सीडीओको जिम्मा नदिइने विषयलाई पनि उल्लेख गरिएको छ।

यस्तै, कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने अन्तिम तीन जिल्लाका सीडीओलाई तत्काल अर्को जिल्लामा सीडीओको रुपमा नखटाइने पनि कार्यविधिमा उल्लेख गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.