नेपाली बजारमा बिहीबार कति तोकियो सुनचाँदीको भाउ ?
०५ माघ, काठमाडाैं । नेपाली बजारमा बिहीबार बुधबार छापावाल सुनको मूल्य १ लाख ४ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ४ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज बिहीबारकै भाउमा सुनको कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ छ । अघिल्लो कारोबार मूल्यका तुलनामा बिहीबार प्रतितोला चाँदीको भाउ २५ रुपैयाँले घटेर कारोबार भएको हो । बुधबार १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस अमेरिकी डलर १९०९ तथा चाँदी २३.४६ डलर हाराहरीमा कारोबार भैरहेको छ ।