Advertisement

सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो

0 19

Advertisement

१० वैशाख, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४०रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३७० दशमलव ३९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.