Advertisement

खुन तथा डाँका मुद्दामा १० वर्ष जेल बसेर फर्किएका तामाङ फेरि श्रंखलाबद्ध लुटपाटमा संलग्न 

0 42

Advertisement

०५माघ, काठमाडौं । ११ वर्षअघि अर्थात् २०६८ कात्तिक २२ गते ललितपुरको झरुवारासी एरियामा एक समूहले डाँका तथा लुटपाट गरे। त्यो घटनामा मुख्य नाइके तिए काभ्रेको तिमाल गाउँपालिका–५ का ३२ वर्षीय रोमन भन्ने मनराज तामाङ।

लुटपाट गर्न जाने क्रममा झरुवारासी–३ मा मोटरसाइकल रोकेर बसिराखेका थिए स्थानीय श्रवण खड्का। लुटपाटका लागि गएका तामाङको टोलीले ४२ वर्षीय खड्कालाई गोली प्रहार गरे। गोली लागेर गम्भीर बनेका खड्काको मृत्यु भयो।

त्यसपछि पक्राउ परेका रोमन डाँका तथा खुन मुद्दामा १० वर्ष कैद भुक्तानका लागि जेल चलान भए। तर १० वर्ष कैद भुक्तान गरेर निस्किएका रोमन पुन: सोही गतिविधिमा संलग्न भएको पाइएको छ।

रिहा हुनेबित्तिकै उनले श्रंखलाबद्ध तरिकाले डाँका तथा लुटपाट गर्ने गिरोह नै सञ्चालन गरेको प्रहरीले बताएको छ। उनलाई सोही गतिविधिमा संलग्न भएको आरोपमा मंगलबार प्रहरीले घर नजिकैबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका तथा बाहिरसमेत विभिन्न श्रृङ्खलाबद्ध डकैती घटनाको अनुसन्धानको क्रममा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनकै घर नजिकबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

गत असार ६ गते राति काठमाडौं शंखरापुर नगरपालिका-९ खुलालटारस्थित घरबाट करिब २ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, असार १२ गते सोही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल डकैती गरेको, असार २० गते राति काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको पाइएको छ।

यस्तै गत साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित घरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपैयाँ बराबरको धनमाल डकैती गरेको घटनामा तामाङ संलग्न रहेको खुलेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.