Advertisement

विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुनसक्छ : आईस्पान

0 62

Advertisement

१८ पुस, काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे ।

विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पाेलकाे भाडा छ सयदेखि सात सय प्रतिशतसम्म बढाएकाे आईस्पानकाे गुनासाे छ ।

पाेल भाडाकाे सम्बन्धमा गठन भएकाे उच्चस्तरीय समितिले दिएकाे प्रतिवेदन विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेकाे पनि विज्ञप्तिमा जनाइएकाे छ ।

प्राधिकरणले पुरानै भाडा तिर्ने सम्झाैता गर्न दबाब दिइरहेकाे र भाडाकै निहुँमा इन्टरनेटकाे तार काटिरहेकाे भन्दै इन्टरनेट सेवा बन्द भएमा त्यसकाे जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने आईइस्पानले बताएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.