Advertisement

जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

0 47

Advertisement

१८ पुस, काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।

आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो परराष्ट्र नीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरक–फरक भए भने फरक–फरक हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘सचिव, सहसचिवहरू पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेर हद बनाएर आफू त्यो ठाउँमा हुन चाहन्छ । ६० वर्ष भएको मान्छे राेकेर आफू नै बस्न चाहन्छ । म त तपाईँको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन् । त्यसपछि के हुन्छ ? हाम्रोमा व्यावहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका पाँच वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आउँदा दिनमा मन्त्रिमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने बताउनुभयो । उहाँले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापर्बाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.