Advertisement

मधेस प्रदेशका सांसदहरुको शपथ आज

0 24

Advertisement

१५ पुस, काठमाडौं । मधेस प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदै छ। गत सोमबारको सर्वपक्षीय बैठकमा भएको सहमतिअनुसार प्रदेश सभाका सदस्यहरुले शुक्रबार शपथ लिन लागेका हुन्।

प्रदेश सभा सचिवालयले दिउँसो २ बजे प्रदेश सभा सदस्यहरुको शथप ग्रहणका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवका अनुसार प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ ग्रहण गराउनेछन्। प्रदेश सभाका ज्यष्ठ सदस्य न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

१०७ सदस्य रहेको मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीका न्यौपाने सबैभन्दा जेष्ठ हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.