Advertisement

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

0 45

Advertisement

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार पुगेका छन्। अध्यक्ष ओली शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

दुई नेताबीच अहिले भटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन्।

बिहीबार मात्रै सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठकले सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गरेको थियो। उक्त संयन्त्रको संयोजक ओली छन्।

बिहीबारको बैठकले अबको ५ दिनभित्र सरकार न्यूनतम् साझा कार्यक्रम ल्याउने समेत निर्णय गरेको थियो। न्यूनतम् साझा कार्यक्रम मस्यौदा समितिको संयोजकमा एमाले उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल छन्।

एमाले–माओवादी केन्द्रसहित ७ दलको समर्थनमा आइतबार प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री प्रचण्डले सोमबार शपथ ग्रहणपछि ८ सदस्यीय मन्त्रिपरिषद्‌ गठन गरेपनि बाँकी मन्त्री भने नियुक्त हुन बाँकी छ।

संघीय सरकारका मन्त्रीको नियुक्ति, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका पदहरुको बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरुबीच छलफल जारी छ। यस्तै, प्रदेशहरुमा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा पनि समझदारी जुट्न सकेको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.