Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन

0 23

Advertisement

१५ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ। 

स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको शुक्रबार बिहान स्थानीय समय अनुसार ३:३० बजे निधन भएको हो।

आफ्नी आमाको निधनमा प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य भएको बताएका छन्।

‘भगवानको चरणमा एक गौरवशाली शताब्दीको अन्त्य… आमामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा एक तपस्वीको यात्रा समावेश छ, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्य मान्यताप्रति प्रतिबद्ध जीवन’, उनले अगाडि लेखेका छन्, ‘उहाँको सयौं जन्मदिनमा भेट्दा उहाँले एउटा कुरा भन्नुभएको थियो, जुन म सधैं सम्झन्छु– बुद्धिमानीपूर्वक काम गर र पवित्रताका साथ जीवन बिताउने गर।

यस वर्षको १८ जुनमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको १०० औं जन्मदिन मनाएका थिए।

शानदार शताब्दी का ईश्वर चरणों में विराम… मां में मैंने हमेशा उस त्रिमूर्ति की अनुभूति की है, जिसमें एक तपस्वी की यात्रा, निष्काम कर्मयोगी का प्रतीक और मूल्यों के प्रति प्रतिबद्ध जीवन समाहित रहा है। pic.twitter.com/yE5xwRogJi— Narendra Modi (@narendramodi) December 30, 2022

हीराबेन गान्धीनगर सहर नजिकैको रायसान गाउँमा प्रधानमन्त्री मोदीका भाइ पंकज मोदीसँग बस्दै आएकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.