Advertisement

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता चयन गरिने

0 85

Advertisement

०४ पुष, काठमाडौं । सत्तारुढ गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ।

सोमबार दिउँसो १ बजे बैठक बस्दै छ। बैठकमा संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ। यस्तै उपनेता, प्रमुख सचेतक लगायत पनि आजैको बैठक‍ले चयन गर्ने बताइएको छ।

संसदीय दलको नेताका लागि अध्यक्ष माधवकुमार नेपाललाई नै चयन गर्ने तयारी गरिएको छ। यस्तै बैठकमा नयाँ सरकार गठनका लागि एकीकृत समाजवादीको भूमिका कस्तो हुने र कसरी सहभागी बन्ने भन्ने विषयमा पनि छलफल गरिनेछ।

मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एकीकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्न सकेको छैन। प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा भने राष्ट्रिय दल बन्ने थ्रेसहोल्ट कटाउन सकेन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.