Advertisement

कांग्रेसले ३ पुसपछि मात्रै दलको नेता चुन्न प्रक्रिया अगाडि बढाउने

0 84

Advertisement

०१ पुष, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ ।

आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको छ । त्यसैले कांग्रेसले पनि त्यसपछि मात्र संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने कांग्रेसले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ ।

कांग्रेसमा २०७४ सालको चुनावपछि संसदीय दलको नेता चयनमा चुनाव हुँदै आएको छ । त्यस्तै, यसपालि पनि चुनावबाटै संसदीय दलको नेता चुन्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.