Advertisement

वातावरणीय जोखीम घटाउन थप लगानी गर्न विश्व बैंकको आग्रह

0 109

Advertisement

२९ मंसिर, काठमाडाैं । विश्व बैंकले दक्षीण एसियामा वढ्दो बातावरणीय जोखिम तत्काल कडा कदम आवश्यक रहेको औल्याएको छ । विश्वका दश उच्च प्रदुशितमध्ये ९ सहर दक्षिण एसियामै रहेको र यसकै कारण ठूलो मानवीय र आर्थिक मूल्य चुकाउनु परिरहेको भन्दै सचेत हुन विश्व वैंकले आह्वान गरेको हो ।

वर्सेनी २० लाख जनताले प्रदुशणकै कारण अकाल मृत्युवरण गरिरहेको भन्दै प्रदुशण नियन्त्रणका लागि आर्थिक हिसावले सम्भाव्य रहेको भन्दै सो क्षेत्रका मुलुकहरुले पारस्परिक सहकार्य गर्दै लगानी र नीतिगत व्यवस्थापन गर्नु आवश्यक रहेको विश्व बैंकको भनाइ छ ।

दक्षिण एसियाका कतिपय उच्च जनघनत्वयुक्त र गरिव बसोबासको सहरी क्षेत्रमा विश्व स्वास्थ्य मापदण्डले निर्धारण गरेको भन्दा २० गुणा बढी प्रदुषण बढी पाइएको भन्दै यसले आर्थिक क्षतिहरु पनि भयावह रुपमा बढाइरहेका उसले बताएको छ ।
दक्षिण एसियामा वतावारणीय प्रदुसण र जनस्वास्थ विषयमा गरेको अध्ययन सार्वजनिक गर्दै ठूलो समूहले स्वास्थ उपचार खर्च बढी गर्नु परिरहेको र व्यक्तिको उत्पादकत्वमा समेत नकारात्मक प्रभाव पारिरहेकोले यसमा संवेदनशील हुन विश्व बैंकले आग्रह गरेको हो ।

ठूला उद्योग, सवारी साधान ऊर्जाकेन्द्र नै प्रदुसणको विश्व व्यापी कारण रहेपनि दक्षिण एसियामा खाना पकाउने दाउरा गुइठाजस्ता बस्तु इँटा भट्टा फोहोर जलाउनेकाम जस्ता अतिरिक्त कारक रहेको अध्ययनमा उल्लेख छ ।

त्यसो त दक्षिण एसियाली मुलुकमा प्रदुशण नियन्त्रणका नीति नभएका पनि भए पनि त्यसअनुसारका सार्थक प्रयास नहुँदा समस्या बढ्दो छ । दक्षिण एसियाली मुलुकहरुमा विद्यमान नीतिगत व्यवस्थाले वातावरणीय प्रदुषण नियन्त्रणमा राख्ने लक्ष्य प्राप्त नहुने प्रतिवेदनले देखाएको छ ।

विश्व बैंकले संयोजित र चरणवद्ध कार्यक्रम तय गर्ने हो भने करिव २७ करोड अमेरिकी डलर लागतले वातावरणीय प्रदुशण समग्र क्षेत्रमा १ माइक्रोग्राम प्रतिघनमिटर घटाउन सकिने आँकलन प्रसुत गरेको छ । यहि दरको लागतले ३० माइक्रोग्राम प्रतिघनमिटर सम्ममा झार्न सकिने उल्लेख छ । यसवाट वार्षिक ७५ हजार मृत्यु रोक्न सकिने उल्लेख छ । यसका लागि तीन चरणका नीतिगत तथा कार्यक्रममा सहकार्य गर्ने विधि पनि सुझाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.