Advertisement

सहकारी संस्थालाई कडाई गर्दै बाग्मती प्रदेश सरकार

0 96

Advertisement

२९ मंसिर, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाहरु समस्याग्रस्त हुन थालेपछि बाग्मती प्रदेश सरकारले सहकारी संस्थाको अनुगमन र कर्जा प्रवाहमा कडाई गर्ने भएको छ ।

संस्थाका सञ्चालक आफैँले नै पूँजी दुरुपयोग गरी संस्था ढुबाउन थालेपछि प्रदेश सरकारले कर्जाको सीमा तोक्ने तथा अनुगमन प्रक्रियालाई कडाइ गर्ने भएको हो । यसका लागि प्रदेश सरकारले सहकारी संघ संस्था सञ्चालन अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड २०७९ जारी गरेको छ ।

मापदण्डमा प्रदेश सरकारले सहकारी संस्थाले ऋण लगानी गर्दा परियोजना लागतको बढीमा ७० प्रतिशतसम्म मात्रै ऋण प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै, ऋणी सदस्यको स्वःपूँजीबाट घटीमा ३० प्रतिशत व्यहोर्ने गरी ऋण लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

मापदण्ड बमोजिम सदस्यहरुलाई घरजग्गा खरीदमा कुल मूल्यको बढीमा ४० प्रतिशत मात्र लगानी गर्न सकिने व्यवस्था गरेको छ । संस्था वा संघले कुल ऋण लगानीको २५ प्रतिशत नबढ्ने गरी घर जग्गामा कर्जाको सीमा निर्धारण गर्नुपर्ने प्रावधान राखेको छ ।

त्यस्तै, १० लाख भन्दा माथिको कुल परियोजना लागत निर्धारण गर्दा संस्थागत मूल्यांकनकर्ताहरुबाट र अन्यमा कुनै एक संचालक, ऋण उप समिति सदस्य र व्यवस्थापकको सामुहिक टोलीले मूल्यांकन गर्नुपर्नेछ । संस्थाले आफ्नो सदस्यको शेयर प्रमाणपत्र धितो जमानी राखी कर्जा प्रवाह गर्न पाउने छैन । संस्था दर्ता हुँदाका बखत रहेका सदस्य बाहेक अन्यको हकमा सदस्यको रुपमा तीन महिनासम्ममा संस्थामा नियमित बचत गरे पछि मात्र कर्जा प्रवाह गर्न सकिनेछ ।

संस्थाले ऋण लगानी गर्दा घट्दो दरमा ब्याज हिसाब गर्नुपर्नेछ । व्याज पूँजीकरण गर्न पाइने छैन । धितो बापतको सम्पति संघ संस्थाको नाममा दृष्टिबन्धक वा रोक्का गराई राख्नु पर्नेछ । सञ्चालक वा अन्य कुनै व्यक्ति नाममा राख्न पाइने छैन । साथै मापदण्ड बमोजिम संस्थाका सञ्चालक तथा लेखा समितिका ४९ प्रतिशत भन्दा बढी पदाधिकारीहरुलाई एकै अवधिमा ऋण लगानी गर्न पाइने छैन । संस्थाको सञ्चालक समिति, लेखा समिति, ऋण उप समितिका पदाधिकारी तथा व्यवस्थापकले लिएको ऋणको विवरण वार्षिक रुपमा रजिष्ट्रार समक्ष पेश गर्नु पर्नेछ ।

त्यस्तै, संघ वा संस्थाले आफना सदस्यहरुलाई ऋण लगानी गर्दा संस्थाहरुको हकमा भाखा ननाघेको असल ऋण हकमा १ प्रतिशत ऋण नोक्सानी कोषको व्यवस्था गर्नुपर्नेछ । एक बर्ष भाखा नाघेको शंकास्पद ऋणको ३५ प्रतिशत कोषको व्यवस्था गर्नुपर्नेछ । एक बर्ष भन्दा बढी भाखा नाघेको खराब ऋणको शतप्रतिशत कोषको व्यवस्था गर्नुपर्नेछ ।

यसका साथै बाग्मती प्रदेश सरकारले मापदण्ड जारी गर्दै बचत तथा ऋण सम्बन्धी कारोवार गर्ने प्रत्येक संस्थाले कूल बचत रकमको कम्तिमा १५ प्रतिशत रकम तरलता राख्नुपर्नेछ । नगद मौज्दात, बैक मौज्दात, सरकारी ऋण पत्रमा गरिएको लगानी र सहकारी बैंक तथा वचत तथा ऋण सहकारी संघमा रहेको बचत रकमलाई तरलताको रुपमा गणना गरिनेछ । प्रत्येक महिनाको अन्तिम दिनलाई आधार मानी तरलताको गणना गर्नु प्राबधान राखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.