Advertisement

स्टारले भरिएको बेल्जियमलाई मोरक्कोको चुनौती

0 91

Advertisement

११ मंसिर, काठमाडौं । बेल्जियमको फुटबल अहिले ‘स्वर्ण’ युगमा छ। फुटबल पण्डितहरुले अहिलेको बेल्जियम टिमलाई ‘गोल्डेन जेनेरेन’ भन्दै आएका छन्।

केभिन डि ब्रएना जस्ता मिडफिल्डर, थिबाउट कोर्टुवाजस्ता विश्वस्तरीय गोलकिपर, इडन हजार्ड, रोमरो लुकाकु, कोरस्को जस्ता प्रतिभावान खेलाडीले बेल्जियम टिम भरिभराउ छ।

यीनै स्टार नै स्टारले भरिएको बेल्जियमले आज (आइतबार) मोरक्कोको सामना गर्दैछ। कतारमा जारी विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल अन्तर्गत आज यी दूई राष्ट्र आमने समाने हुँदैछ।

नेपाली समयअनुसार साँझ ६:४५ मा समूह ‘एफ’ का यी दुई टिम बेल्जियम र मोरक्कोबीचको खेल अल थुमामा रंगशालामा हुँदैछ।

पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकाल्दै बेल्जियम तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोको एक अंक छ।

आजको खेलमा बेल्जियमले मोरक्कोलाई हराएमा एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्नेछ। मोरक्कोले हारेको अवस्थामा अन्तिम १६ प्रवेशको सम्भावना भने कठिन बन्नेछ। जसकारण आजको खेलमा मोरक्कोले बेल्जियमलाई कडा चुनौती दिनेछ।

मोरक्कोमा चेल्सीका स्ट्राइकर हाकिम जियाच, सेभिल्लाका स्ट्राइकर युसुफ एन नेसिरजस्ता ‘गेमचेन्जर’ खेलाडी पनि छन्।

मोरक्कोले विश्वकपमा अहिलेसम्म खेलेका १७ खेलमध्ये ६ मा बराबरी, ९ मा हार र २ मा मात्रै जित निकालेको छ। ति दुई जितमध्ये सन् १९८६ मा पोर्चुगलविरुद्ध ३–१ र स्टकल्याण्डविरुद्ध ३–० को जित निकालेको थियो।

मोरक्को अहिलेसम्म एकपटक मात्रै नकआउट चरणमा प्रवेश गरेको टिम हो। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा मोरक्को नकआउट चरणमा पुगेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.