Advertisement

सुनको भाउ उकालो लाग्दा चाँदीको ओरालो लाग्यो

0 128

Advertisement

३०कात्तिक, काठमाडाैं । सुनको भाउ वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ । उता चाँदीको भाउ भने बुधबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म्हासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा ३० रुपैयाँले सस्तिएको छ । मंगलबार सुन १ हजार तथा चाँदी ३० रुपैयाँ तोलामा बढेको थियो ।

आजका लागि छापावाला सुन ९८ हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ९७ हजार ९०० र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ तोकिएको छ । हिजो मंगलबार छापावाला सुन प्रति तोला ९८ हजार २०० रूपैयाँ, तेजावी सुन ९७ हजार ७०० रूपैयाँ र चाँदीको १ हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो ।

अधिक उपभोगको महिना मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्दा सुन किन्नुपर्नेहरु मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको व्यवसायी बताउँछन् । मंसिर महिनामा विहावारी धेरै हुने भएकाले सामान्य अवस्थाको तुलनामा तीन गुणासम्म सुनको माग हुने गरेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २१.५८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.