Advertisement

विश्वकप विवाद : सर्वोच्चमा मुद्दा सुनुवाई हुँदै, शुल्क लिने विषय खारेज होला ? 

0 55

Advertisement

३०कात्तिक, काठमाडौं । विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्चमा पेसी तोकिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासमा पेसी तोकिएको छ।

पेसी पहिलो नम्बरमा रहेको छ। खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो।

नेपालमा विश्वकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पाउने वा नपाउने निर्णय सोमबार हुने आदेशले निर्धारण गर्ने छ। सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएमा मिडिया हवले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने छ भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन।

सबैजसो उमेर समूहका नेपालीले उक्त खेल प्रतियोगिता टेलिभिजनमा प्रत्यक्ष हेर्ने भएकाले नेपालमा पनि यसको महत्त्व छ।

यसपटक उक्त प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो। अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.