Advertisement

ओनसरी घर्ती पार्टीको भन्दा देशको हित हेर्ने व्यक्ति हो : देउवा 

0 96

Advertisement

३० असाेज, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कामाडौं–२ की सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन्।

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको स्मरण गरे। उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन् भन्ने विश्वास आफूलाई नभएको देउवाको भनाइ थियो।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ। उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो’, देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद् चलाउनुभयो।’

देउवाले माओवादी केन्द्रबाट निर्वाचित भएपनि ओनसरीले कहिल्यै पार्टीको आशिर्वाद नखोजेको उल्लेख गरे। ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै देउवाले प्रशंसा गरे।

देउवाले ओनसरीलाई जिताउन कांग्रेस नेता कार्यकर्ता र काठमाडौं–२ का मतदातालाई अपिल गर्दै ओनसरीले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे।

फरक प्रसंगमा देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको प्रष्ट पारे।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.