Advertisement

‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

0 488

Advertisement

३० असाेज, काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।

तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् ।

चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो । नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.