Advertisement

भोकमरीको अवस्था : भारत र बंगलादेश भन्दा नेपालमा कम, भारतमा रिपोर्टकै विरोध

0 132

Advertisement

३० असाेज, काठमाडाैं । नेपालमा भोकमरीको अवस्था दक्षिण एसियामा भारत बंगलादेश र पाकिस्तान भन्दा सहज अवस्थामा रहेको देखिएको छ । ग्लोबल हँगर इन्डेक्सका अनुसार विश्वका १२१ देशको भोकमरी मापन गरेकामा नेपाल ८१ औ स्थानमा छ । तर वर्ष सन् २०२१ मा ११६ देशको मापनमा नेपाल ७६ औ स्थानमा थियो ।

सन् २०२२ को प्रतिवेदन अनुसार भारत १०७ औ स्थानमा परेको छ भने पाकिस्तान ९९ औ र बंगलादेश ८४ औ स्थानमा छ । तीव्र आर्थिक सङ्कटका बावजुद पनि श्रिलंका दक्षिण एसियामै कम भोकमरी हुने मुलुकमा परेको छ । श्रीलंका ६४औ स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा खराब अफगानिस्तान १०९ औ स्थानमा परेको छ ।

भोकमरी सूचकांक निर्धारण गर्दा कुपोषणको अवस्था, वृद्धिदरमा अवरोध, बालमृत्यु दर लगायतका आधारमा तय गरिन्छ । भोकमरीको अवस्था अत्यन्तै न्यून रहेका मुलुकहरूमा चीन टर्की बेलारुस चालीजस्ता देशहरू छन् ।

अवस्था खराब देखिएपछि भारतमा प्रतिवेदनकै विरोध

शनिबार सार्वजनिक रिपोर्टमा आफ्नो अवस्था अत्यन्तै कमजोर देखिएपछि भारतले सो रिपोर्टकै विरोध गरेको छ । त्यहाँको महिला बालबालिका तथा विकास मन्त्रालयले भारतको छवि बिगार्ने नियतले रिपोर्ट नै गलत ल्याइएको आरोप लगाएको छ । पाकिस्तानको भन्दा पनि धेरै खस्किएको र अफगानिस्तानको भन्दा २ स्थानमात्रै भारत पर्दा भारतले भोकमरी मापनको तरिका नै गलत भएको आरोप लगाएको छ ।

ग्लोबल हँगर इन्डेक्स २०२२ आयरल्याण्ड र जर्मनीको गैर सरकारी संस्था कन्सर्न वल्र्डवाइड एन्ड वेल्थ हंगरहिल्फले तयार गरेको हो । भारतले सो मापनलाई अनैतिक समेत रहेको भनेको छ । सो संस्थाले जानिबुझी नै यस्तो गरेको आरोप भारतीय महिला मन्त्रालयले आरोप लगाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.