Advertisement

ट्रेजरी बिलको ब्याजदर पुन: दोहोरो अंकमा उक्लियो

0 62

Advertisement

२५ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिन मौद्रिक व्यवस्थापनमा चनाखो नीति अबलम्वन गर्दै आएको भएपनि ट्रेजरी बिलको ब्याज (बट्टा) दर पुन: दोहोरो अंकमा उक्लिएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता देखिनै बैंक तथा वित्तीय संस्थाले दोहोरो अंकको ब्याजदर माग गर्दै ट्रेजरी बिल्स खरिद आवेदन दिएको अवस्थामा केन्द्रीय बैंक आफैँले खरिद गरेर ब्याजदर नियन्त्रणमा राख्दै आएको थियो । तर, पछिल्लो पटक बोलकबोलमा ट्रेजरी बिलको ब्याजदर पुन: दोहोरो अंकमा उक्लिएको छ ।

राष्ट्र बैंकले सोमबार १८ अर्ब २४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल खुला गरेको थियो ।

केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र एक वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न खोजेको थियो।

जसका लागि बैंकहरुले ११.५० प्रतिशतसम्म ब्याजदर कबुल गरेका थिए । बैंकहरुले उच्च ब्याज कबुलेपछि राष्ट्र बैंकले एक वर्ष अवधिको २ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको छ । उक्त ट्रेजरी बिलको ४० करोड रुपैयाँ मात्र मात्र बैंकहरुले पाएका छन । जसको औसत ब्याज दर १०.०५ प्रतिशत कायम भएको छ।

२८ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर ९.५४, ९१ दिन अवधिको १०.१४२, १८२ दिन अवधिको १०.०६९ प्रतिशत ब्याजदर कायम भएको छ । सोमबार नवीकरण गरेको ट्रेजरी बिलमध्ये सबैको अधिकतम ब्याज १० प्रतिशत माथि छ।

बैंक तथा वित्तीय संस्थाहरुले आगामी महिनाबाट नयाँ ब्याजदर लागू गर्ने तयारी गरिरहेका बेला ट्रेजरी बिलको ब्याज (बट्टा) दर पुनस् दोहोरो अंकमा उक्लिएकोे हो। बैंकहरुले निक्षेपमा दिने ब्याज बढाएपछि त्यसको असर अल्पकालीन ब्याज दरमा पनि देखिएको हो।

बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी बचतको ब्याज दर १०.१३ प्रतिशतसम्म तथा मुद्दतीको १५.१३ प्रतिशतसम्म र्पुयाएका छन्। । यस्तै साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत र्पुयाएका बैंकहरुले साधारण बचतमा उच्चतम ९.१३३ प्रतिशत ब्याज दिदैँ आएका छन । बैंकहरुले कात्तिकमा उक्त ब्याजदरमा थप १० प्रतिशत विन्दुले ब्याजदर बढाउन सक्नेछन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.