Advertisement

मेक्सिकोमा इन्धन बोकेको ट्याङ्कर र बस ठोक्किँदा १८ जनाको मृत्यु

0 63

Advertisement

२६ भदाै, एजेन्सी । मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको छ।

मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलीपासको राजमार्गमा इन्धन बोकेको ट्याङ्करले बसलाई ठक्कर दिएको अधिकारीहरुले बताएका छन्।

ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन्।

हुजुटला नगरपालिकाबाट जाँदै गर्दा हिडाल्गो नगरपालिका नजिकै भिक्टोरिया–मोन्टेरी राजमार्गमबाट ६७ किलोमिटर टाढा सो दुर्घटना भएको हो।

दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन्। दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ।

राष्ट्रिय सार्वजनिक सुरक्षा प्रणालीका अनुसार यस वर्षको जनवरीदेखि जुलाईसम्म मेक्सिकोमा सवारी दुर्घटनामा नौ हजार ३१५ जनाको मृत्यु भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.