Advertisement

सरकारले सहकारी संस्थालाई दियो आयकरमा छुट

0 161

Advertisement

२६ भदौ, काठमाडौं । सरकारले सहकारी संस्थाहरुको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ ।

जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो ।

अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ ।

यसअघि यस्तो करको दायरा ७.५ प्रतिशत थियो । उपमहानगरपालिका भित्र सञ्चालित सहकायरीको हकमा आयकरको सीमा ७ प्रतिशतमा झारिएको छ । यसअघि यो प्रावधान १० प्रतिशतको थियो ।

महानगरपालिका भित्र सञ्चालित सहकारीका लागि १० प्रतिशत आयकर लाग्ने छ । यसअघि यो १५ प्रतिशत कायम रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.