Advertisement

विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बई पुगेपछि…

0 63

Advertisement

२६ भदौ, बुटवल । बुटवल उपमहानगरपालिका-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए ।

तर, उनीहरू त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि फर्केनन् । विद्यालय हिंडेका उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

कसैको पनि सम्पर्कमा नआएपछि उनीहरू अपहरणमा परेको आशंका गरियो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए ।

शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् । प्रहरीमा निवेदन परेपछि उनीहरू खोजी सूचीमा परे ।

निवेदनपछि प्रहरीले खोजी सुरु गर्‍यो । अनुसन्धान थाल्यो । तर, सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो ।

विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

‘उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अझै खुलेको छैन, अनुसन्धान भइरहेको छ’, उनले भने ।

तीनजना मध्ये २ जना नवीन औद्योगिक मावि र एकजना नहरपुर माविमा अध्ययनरत हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.