Advertisement

कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

0 75

Advertisement

१५ भदाै, काठमाडाैं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् । सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा सहमति हुन नसेकेको अवस्थामा कांग्रेस शीर्ष नेताहरु बसेर गाठो फुकाउने प्रयास गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.