Advertisement

तीज सकिएपछि सुनको मूल्य घट्यो

0 88

Advertisement

१५ भदाै, काठमाडाैं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । तीज सकिए लगत्तै सुनको मूल्यमा गिरावट आएको हो।

मंगलबार प्रतितोला ९४ हजार ८०० मा खरिद–बिक्री भएको छापावाल सुन बुधबार घटेर ९४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार १३० रुपैयाँमा कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.