Advertisement

सर्वसाधरणलाई हिँड्नका लागि बनाइएको सडक पेटीमा २ वर्षदखी पार्किङ, अदालतले नै मिच्यो नियम

0 184

Advertisement

०९ भदाै, काठमाडौँ । काठमाडौं जिल्ला अदालत अगाडि दुई वर्षदेखि फुटपाथ ढाकेर दुईवटा सवारी साधान राखेको छ । एउटा बस र ट्रक अदालत अगाडि दुई वर्षदेखि फुटपाथ मिचेर राखिएको हो । सर्वसाधरणलाई हिँड्नका लागि बनाइएको सडक पेटीमा अदालतले नै नियम मिचेर सवारी साधन राखेको छ ।

ना ४ ख ४५१६ नम्बरको बससहित अर्को ट्रक त्यसरी फुटपाथमा राख्दा पैदलयात्रीलाई कठिनाइ हुने गरेको छ । अदालतको फुटपाथ अगाडि नै अव्यवस्‍थित तरिकाले पसल सञ्चालन भइरहेका छन् ।

अदालत अगाडिको फुटपाथ मिचेर प्रहरीले डोरी टाँगेर राखेको छ । त्यहाँ सुरक्षा जाँचका लागि भनेर फुटपाथ नै मिचिएको छ । अदालत अगाडि फुटपाथ मिचेर सवारी साधानहरू पार्किङ हुने गरेका छन् । सर्वासाधरण चेपिएर त्यो सडक हिँड्नुपर्ने बाध्यता छ ।

अदालतका सूचना अधिकारी दीपक दाहाल दसी प्रमाणको रुपमा ती सवारी साधान प्राप्त भएको भन्दै पार्किङ गर्ने ठाउँ नभएर त्यहाँ राखिएको बताए । सूचना अधिकारी दाहाललाई कानुन कार्यान्वयन गर्ने निकायबाटै कानुन उल्लंघन गर्नु सुहाएन नि भन्ने प्रश्नमा उनले कान्तिपुरलाई ‘व्यवहारिक कठिनाईका’ का कारणले फुटपाथमै राख्न बाध्य भएको बताए । उनका अनुसार अदालतको पार्किङ एरियामा दसी प्रमाणका रुपमा प्राप्त सवारी साधानले भरिएको र राख्ने ठाउँ नै नभएकाले त्यता राखिएको बताए ।

‘दसी प्रमाणको रुपमा प्राप्त सवारी अदालतले बुझ्दिनँ भन्न पनि मिलेन,’ उनले कान्तिपुरिसत भने,’पार्किङ गर्ने अन्य ठाउँ नभएकाले हो । व्यवहारिक कठिनाइका कारणले पार्किङ गरिएको हो । अब यो मुद्दाको छिट्टै छिनोफानो हुने भएकाले जतिसक्दो हटाउन कोसिस गर्नेछौं ।’

जिल्ला अदालत अगाडि मात्रै नभएर बबरमहल क्षेत्रको फुटपाथ ढाकेरै पार्किङ हुने गरेको छ । सवारीधनीलाई एकपछि अर्को पार्किङ गरिएका बाइक र स्कुटरको बीचबाट आफ्नो सवारी निकाल्न हम्मे–हम्मे पर्ने गर्छ भने फुटपाथ ढाकेरै पार्किङ गरिँदा पैदलयात्रीहरू चेपिएर हिँड्न बाध्य छन् ।

‘काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ मा जथाभावी पार्किङ गर्नेलाई पहिलो पटकका लागि १ हजार र दोस्रो पटकदेखि प्रत्येक पटक ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई भवनको नक्सा पास भएको प्रमाण पठाउन भन्दै पत्र काटेको जनाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुधबार अदालतलाई पनि पत्र काटेर नक्सा सम्बन्ध विवरण पठाउन भनिएको जानकारी दिएका थिए । महानगरको भवन तथा सहरी विकास विभागका प्रमुख सुरज शाक्यले पनि अदालतको नक्सा पास भएको विवरण नभेटिएपछि पत्र काटिएको बताएका थिए । उनले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

कान्तिपुर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.