Advertisement

बार्सिलोनाले रियलबाट फिर्ता गर्ला ला लिगा उपाधि ?

0 70

Advertisement

२७ साउन, काठमाडौं । गत सिजन सजिलै लिग उपाधि जितेको रियल मड्रिड त्यसलाई रक्षा गर्ने अभियानमा छ । तर टिम बलियो बनाउँदै आएको बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियलको अभियान रोक्न चाहेको छ ।

गत सिजन रियलले १३ अंकको फरकमा उपाधि जितेको थियो । सन् २००८ पछि पहिलो पटक ला लिगा उपाधि रक्षा गर्ने अपेक्षासहित रियल मड्रिडले नयाँ सिजन सुरु गर्दैछ ।

कार्रो एन्सेलोट्टीले चेल्सीका सेन्टर ब्याक एन्टोनी रुडिगर र मोनाकोबाट अउरेलियन चुवामेनी भित्र्याएर टिमलाई बलियो बनाएका छन् ।

नयाँ आएका खेलाडीहरुसँगै एडुअर्डो कामाभिंगा, फेड भलभेर्डे र रोड्रिगोले यस सिजन धेरै खेल समय पाउनुपर्नेछ । कतार विश्वकपका कारण बीचमा क्लब फुटबल रोकिने भएकाले टिममा रोटेसन गर्नुपर्ने हुन्छ ।

करिम बेन्जिमा रियलको मुख्य खेलाडीको रुपमा छन् । किलियन एमबाप्पेलाई भित्र्याउने चाहना अधुरो भएपछि बेन्जिमा रियलको एक्लो सेन्टर फरवार्डको रुपमा छन् । लुका जोभिक फियोरेन्टिना पुगे भने एन्सेलोट्टीले मारियानो डियाजमा खासै विश्वास गर्दैनन् ।

डिसेम्बरमा ३५ वर्ष लाग्ने बेन्जिमामाथि गोल गर्नका लागि धेरै भर पर्ने स्थिति रहेकाले रियलको उपाधि होडमा प्रश्न उठाएको छ ।

यद्यपी त्यहाँ केही सम्भावित एक्स-फ्याक्टर छन् । चेल्सीबाट आएदेखि एडेन हाजार्ड सबैभन्दा ठूलो निराशा बनेका छन् । बारम्बारको चोटले गर्दा तीन सिजनमा उनले जम्मा ६ गोल मात्र गरेका छन् ।

तर अहिले हाजार्ड फिट छन् । प्रि सिजनमा उनले खेलेका छन् । एन्सेलोट्टीले बेल्जियन हाजार्डलाई फल्स नाइनमा खेलाउने योजना बनाएका छन् ।

चेल्सीमा जस्तै यदी उनी गोल गर्ने सुपर स्टार बन्न सके यसले रियललाई कमजोर देखिएको क्षेत्रमा ठुलो राहत हुनेछ ।

बार्सिलोनाको ठूलो खर्चले दिलाउला सफलता ?

बार्सिलोनाले यो समर ट्रान्सफर विण्डोमा सनसनी मचाएको छ । क्लब अध्यक्ष जोन लापोर्टाले खेलाडी किन्नका लागि क्लबको व्यावसायिक सम्पत्तिको एक हिस्सा बेचेर एक विशाल जुवा खेलेका छन् ।

यस समरमा जुल्स काउन्डे, एन्ड्रेस क्रिस्टेनसेन, फ्रान्क केस्सी, राफिन्हा र रोबर्ट लेवान्डोस्कीको आगमन भयो । त्यसमा मार्कोस अलोन्सो र बर्नार्डो सिल्भा पनि थपिने सम्भावना छ । उस्मान डेम्बेलेको सम्झौता नवीकरण भइसकेको छ ।

जसले गर्दा प्रशिक्षक जाभीले राखेका हरेक पोजिसनमा दुई स्तरीय खेलाडीको अनुरोध पूरा भएको छ । उनले वास्तविक रूपमा अपेक्षा गरेको भन्दा धेरै खेलाडी पाएका छन् । तर शनिवार हुने रायो भालेकानोको खेलअघि यी खेलाडीहरु ला लिगामा दर्ता हुन बाँकी छन् ।

ला लिगाको कडा वित्तीय नियमहरूको पालना गर्न आवश्यक रहेकोले बार्सिलोना अहिले गम्भीर आर्थिक समस्याहरूसँग लडिरहेका छ ।

यी समस्याहरू समाधान हुनेमा उनीहरू विश्वस्त छन् र अब प्रशिक्षकलाई राम्रो गर्न दबाब छ । बार्सिलोनाले तुरुन्तै ठूलो सफलता पाइहाल्नका लागि आधारभुत रुपबाटै सुरु गर्नुपर्नेछ । तर हालका लागि धेरै हदसम्म एउटा प्रश्न अनुत्तरित छ, जाभी कत्तिको राम्रो प्रशिक्षक हुन् ?

जाभीको नेतृत्वमा गत सिजनमा बार्सिलोनाले आफ्ना २६ लिग खेलबाट ५६ अंक जोडेको थियो । । बर्नाबेउमा रियलमाथि ४-० को जितसहित बार्सिलोनाले फेब्रुअरी र अप्रिलको बीचमा लगातार सात खेल जितेको थियो ।

तर त्यहाँ केही खराब प्रदर्शन पनि थिए । काडिज र रायो भालेकानोसँग घरेलु मैदानमै पराजित भयो । यस्तै युरोपा लिगमा ईनट्राक्ट फ्रान्कफर्टसँग पराजित हुँदै बाहिरियो । जाभीको तत्कालको जिम्मेवारी त्यही अनिश्चिततलाई हटाउनु हो ।

क्लबका पूर्व कप्तान जाभीका लागि पक्कै स्रोतको कमी छैन । र प्रमाण पनि छ कि उनले अहिलेसम्म तिनीहरूलाई प्रयोग गर्न हिचकिचाएका छैनन् ।

जाभीकोले प्राय ४-३-३ को संरचनामा खेलाउने गरे पनि कहिलेकाहीं उनी तीन जना डिफेण्डर पनि खेलाउने गर्छन् ।

लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाटी, फेरान टोरेस र पियरे-इमरिक औबामेयाङ जस्ता बहुमुखी प्रतिभा भएका खेलाडीले धेरै स्थानमा खेल्न सक्छन् । यो आफैंमा अतुलनीय छ ।

यो टोलीले निश्चित रूपमा धेरै गोलहरू गर्नुपर्छ, तर के तिनीहरूले अर्को छेउमा विपक्षीको गोल रोक्न सक्छन् ?

छिटो काउन्टर अट्याक गर्नेहरु विरुद्ध बार्सिलोना पछिल्ला वर्षहरुमा कमजोर देखिएको छ । तर जाभीले काउन्डे र रोनाल्ड अराउजोको गतिले आफ्नो टोलीलाई पिचमा माथि बढेर खेल्न सक्ने र अरुलाई खाली ठाउँ नदिने आशा राखेका छन् ।

जाओ फेलिक्सले एट्लेटिकोलाई प्रेरित गर्न सक्ला ?

ला लिगा दुई घोडाको रेसमात्र नहुन सक्छ, किनकी एट्लेटिको मड्रिडलाई पनि उपाधि दाबेदारबाट हटाउन मिल्दैन ।

डिएगो सिमिओनीको टिम गत सिजन उपाधि रक्षाका लागि प्रयास गरे पनि सफल भएन । पछिल्ला खेलमा राम्रो गर्दै शीर्ष चारमा अटाउन सफल भएको थियो ।

तर आगामी सिजनका लागि एट्लेटिकोमा उत्साहजनक संकेत देखिएका छन् । उडिनेसीबाट प्रभावशाली नाहुएल मोलिनाको आगमनले राइट ब्याकमा काएरन ट्रिपियरको अभावलाई पूरा गर्नेछ ।

अनुभवी बेल्जियम अन्तर्राष्ट्रिय एक्सेल विट्सेलले मैदानको केन्द्रमा अधिकार जमाउने छन् ।

एट्लेटिको प्रि-सिजनमा फ्रि-स्कोरिङ फर्ममा देखिएको छ । गत साता एट्लेटिकोले युभेन्ट्सलाई ४-० ले पराजित गरेको थियो ।

फेलिक्सले विशेष गरी आँखा तान्ने खालको प्रदर्शन गरेका छन् । जसले सुझाव दिन्छ कि प्रतिभाशाली पोर्चुगल फरवार्ड अन्ततः आफ्नो नि:सन्देह प्रतिभालाई पूरा गर्न तयार देखिन्छन् ।

यदि फेलिक्स लय कायम राखे, सिइयोनीले रक्षात्मक दृढतालाई पुन: बलियो बनाउन सक्छन् । जुन उनको १० वर्षे प्रशिक्षण दौरान अधिकांश समय लागु भएको थियो । यसबाट एट्लेटिको अझ अगाढि बढ्न सक्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.