Advertisement

स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

0 62

Advertisement

२५ साउन, काठमाडाैँ । सरकारले स्वास्थ्य मन्त्रालयका ५ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै ५ जना उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

लामो समयदेखि रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी डा.सन्जयकुमार ठाकुरले पाएका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक ठाकुरलाई महाशाखाको जिम्मेवारी दिइएको हो । यस्तै, डा.ठाकुरको ठाउँमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रिता जोशीलाई तानिएको छ ।

स्वास्थ्य सेवा विभागमा कान्ति बाल अस्पतालमा कार्यरत भवनाथ खतिवडालाई सरुवा गरिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालयमा ल्याइएको छ ।

यस्तै, हेटौंडाको राष्ट्रिय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा.विश्वबन्धु बगालेलाई पठाइएको छ । यसअघि औषधि व्यवस्था विभागका महानिर्देशक समेत भइसकेका र मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश नं. १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा खटाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.