Advertisement

ब्रिटिस रेडक्रसद्वारा मर्यादा तथा स्वच्छता सामग्री सहयोग

0 97

Advertisement

२४ साउन, काठमाडाैँ । ब्रिटिस रेडक्रसले नेपाल रेडक्रस सोसाइटीलाई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरण गर्न आवश्यक सामग्री उपलब्ध गराएको छ ।

ती सामग्रीमा मर्यादा र स्वच्छता सामग्री क्रमशः एक हजार तीन सय- एक हजार तीन सय सेट छन् । ब्रिटिस रेडक्रसका नेपाल प्रमुख कृति रेले ती सामग्री नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई सोमबार हस्तान्तरण गरे ।

सो अवसरमा ब्रिटिस रेडक्रसका नेपाल प्रमुख रेले विपद् तथा महामारीबाट प्रभावित भई आपत्कालीन अवस्थामा रहेका मानिसलाई वितरणका लागि नेपाल रेडक्रसलाई आवश्यक सामग्री सहयोग गरिएको बताए ।

उनले भने, “विपद् प्रतिकार्यका लागि सामूहिक प्रयास आवश्यक हुन्छ । समुदायको विपद् उत्थानशीलताका लागि क्षमता बढाउन ब्रिटिस रेडक्रसले नेपाल रेडक्रसलाई निरन्तर सहयोग गरिराखेको र आगामी दिनमा यस्ता सहयोग जारी रहने छ ।”

नेपाल रेडक्रस कार्यकारी निर्देशक ढकालले ब्रिटिस रेडक्रसबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्री तत्कालै बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा पठाउने जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.