Advertisement

चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न माग

0 74

Advertisement

२३ साउन, काठमाडाैँ । राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयाेगलाई आग्रह गरेकी छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले ढिलै भएपनि निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले मतदान गर्ने व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराएकी हुन् ।

‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारवारले व्यवस्थित गर्न र विगतको कालो दिन दोहोरिन नदिन आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहान्छु’, सदस्य रावलको भनाइ छ ।

उनले महँगी चुलिएको भन्दै त्यसको प्रभाव आम जनतामा परेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग समेत गरिन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.