Advertisement

कान्ति बाल अस्पतालमा विज्ञापनै नगरी कर्मचारी भर्ना

0 179

Advertisement

२३ साउन, काठमाडौँ । कान्ति बाल अस्पतालले विज्ञापन नै नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । कान्तिबालले ११ जना स्टाफ नर्स र १ जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको हो।

कर्मचारी पदपूर्तिका लागि कान्ति बालका निर्देशक डा. युवानिधि बसौलाले नियुक्ति सम्बन्धी फाइल अगाडि बढाएको गुनासो आएको छ । उनीहरूलाई तत्काल ज्यालादारीमा राखेर करारमा राख्ने तयारी छ। नियुक्तिका लागि टिप्पणी उठाएर फाइल अघि बढाइएको छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवा निधी बसौलाले कर्मचारी पूर्तिका लागि अन्तर्वार्ता नलिएको बताए। तर, उनले विज्ञापन गर्दा एक/दुई महिना लाग्ने र कर्मचारी पूर्ति नहुँदा अस्पताल चलाउनै मुस्किल पर्ने बताए। कान्ति बालले अस्पतालमा फाइल छोडेकालाई बोलाएर योग्यता प्रक्रियालगायतका बारेमा सोधेको बताएको छ।

‘पदपूर्ति समितिको मिटिङ हिजो (आइतबार) बस्यो। विज्ञापन गर्दा एक दुई महिना लाग्छ,अनि हस्पिटल कसरी चलाउने त ? कर्मचारी भर्ना गरिएको छैन। रिक्त भएको छ। रिक्त ठाउँ पदपूर्ति गर्ने कि भन्ने सल्लाह भएको छ। अन्तर्वार्ता लिएको होइन। फाइल छोडेकालाई बोलाएको मात्रै हो।’ उनले भने, ‘वार्डमा १०/१२ जनाले राजीनामा दिए खाली भयो। कि त वार्ड बन्द गर्नुपर्‍यो।’

कान्ति बाल अस्पतालमा पर्याप्त फर्मासीष्ट नहुँदा बिरामीहरू लामो लाइन लागेर औषधि किन्नुपर्ने बाध्यता छ। कान्ति बाल अस्पताल बोर्ड गठनको तयारी भइरहेको बेला कान्ति बालले सार्वजनिक सूचना जारी नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको हो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.