Advertisement

सांसदको गुनासो : काठमाडौको फोहोरले हैजा फैलियो

0 70

Advertisement

२३ साउन, काठमाडाैँ । राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आइसकेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएकी छन् । सोमबारको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाइएको बताइन् ।

‘दुर्गन्ध नै दुर्गन्ध र अराजको देश हुन लागेको छ स्वतन्त्र उम्मेदवार र युवाले गर्छन् भनेर होहल्ला गरिएको थियो तर अहिले काठमाडौमा दुर्गन्ध धेरै फैलिएको छ’ उनले भनिन्, ‘तर काठमाडौमा अहिले हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’

उनले यो दुर्गन्धमा पर्यटकलाई आओ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन् । ‘निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहल नै भएन’। उनले अध्यक्षमार्फत सरोकारवालाको ध्यानकर्षण गराइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.