Advertisement

भिभोको भी२१ई  मोबाइलको मूल्य घट्यो, नेपाली बजारमा कति पर्छ?

0 118

Advertisement

२० साउन, काठमाडाैं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ। भी२१ईको मूल्य २ हजार रुपैयाँले घटेको छ र यो अब नयाँ मूल्य ३७ हजार ९९९ कायम भएको छ। यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा हामी हाम्रा ग्राहकको जीवनलाई समृद्ध बनाउन सधैँ उत्साहित छौँ र यो मूल्य घटेको घोषणासँगै नेपाली ग्राहकका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं। भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्तालाई उनीहरुका सबै विशेष क्षण खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ। भिभोमा, हामी हाम्रा उपभोक्तालाई उत्कृष्ट प्रविधि प्रदान गर्न निरन्तर तत्पर छौँ।’

भी२१ई मा ४४ एमपीआई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ। यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ। यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरुका कारण स्पष्ट तस्बिरहरु, राम्रो नाइट शटहरु र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरु लिन सकिन्छ।

शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरका साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ। एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिसन टेक्नोलोजी संयोजन गरिएको छ। जसका कारण प्रयोगकतारूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुन्छ।

डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो र स्टेडिफेस सेल्फी भिडियोजस्ता उच्चस्तरीय विशेषताले प्रयोगकर्तालाई चाहेजस्तो परिणाम दिन्छ। एकै समयमा प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरुसहित उत्कृष्ट ई–मेज क्वालिटी प्रदान गर्दछ।

फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर र समग्रमा उत्कृष्ट दृश्य अनुभवका लागि एचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ। यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ। यो दुई आकर्षक रङ– रोमन ब्ल्याक र डायमण्ड फ्लेयर रङमा उपलब्ध छ।

भी२१ई मा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८जीबी र्‍याम र १२८जीवी रोममा, ३जीबी एन्सटेन्डेबल र्‍यामको साथ आउँछ। यो इमर्सिभ गेमिङ अनुभवका लागि अल्ट्रा गेम मोडको साथ आउँछ। ३३ वाट फ्ल्यास–चार्ज सुविधाका साथ प्रयोगकर्ताहरुले निर्धक्क भएर आफ्ना कार्य गर्न, फोटो खिच्न र गेम खेल्न सक्छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.