Advertisement

निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

0 127

Advertisement

१६ साउन, काठमाडौं । रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन केबलकार आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा आउने जानकारी दिए ।

कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भइसकेको बताए ।

तल्लो स्टेशनको सब–इस्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको उनले बताए । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी रहेको टावरको कार्य धमाधम भइरहेको उनले बताए ।

माथिल्लो स्टेशनमा सव–इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको ढकालले बताए ।

बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

१ फागुन २०७७ मा निर्माणाधीन केबलकारको शिलान्यास भएको थियो । बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकास्थित बसन्तपुर डाँडा जोड्ने यो केबलकारको लम्बाइ करिब तीन किलोमिटर हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.