Advertisement

कमलदहमा डुबेर एक जनाको ज्यान गयो

0 85

Advertisement

०७ साउन, काठमाडाैँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको कमलदहमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारका ४५ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

आज शनिबार दिउँसो दहमा पौडी खेल्न गएका विकको कमलको फूल टिप्ने बेला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी र्दिए ।

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको डीएसपी डाँगीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.