Advertisement

नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएरै छोड्छु : ओली

0 71

Advertisement

०७ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् ।

शनिबार कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको बताए ।

उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण समेत गरेका छन् । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, सङ्गठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए ।

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिस्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिस्ट कार्यकर्ताको रूपमा राजनीतिमा लागेको दाबी गरे । ४४ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.