Advertisement

मन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई छुट्ट्याइएको बजेट फिर्ता हुने

0 78

Advertisement

२६ असार, पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई विनियोजित बजेट फिर्ता हुने भएको छ ।

मन्त्री श्रेष्ठले उक्त बजेट फिर्ता लिन र त्यसलाई असहाय, ज्येष्ठ नागरिक र महिलाको हकहितमा सदुपयोग गर्न अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् ।

आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्री श्रेष्ठका स्व. मातापिता पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टका नाममा ५०/५० लाख गरी एक करोड रुपैयाँ भिन्न दुई शीर्षकमा विनियोजन गरिएको थियो ।

वार्षिक कार्यक्रम पुस्तिकामा छुटेपछि ट्रस्टका नाममा भवन निर्माण र कार्यक्रम कार्यान्वयन गर्न भनेर छुटेका योजना समावेश गरिएको सेतो किताबमा उल्लेख गरिएको थियो ।

उक्त पुस्तकमा खर्च शीर्षक २६४१३ अन्तर्गत छुटेका कार्यक्रम भनेर एउटै शीर्षकमा ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा ५० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

यस्तै, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुने गरी सोही ट्रस्टको भवन निर्माणका लागि भनेर समान ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ट्रस्टको भवन भीरकोट नगरपालिका–१ मा बन्ने उल्लेख छ ।

एउटै ट्रस्टलाई दुई शीर्षकमा करोड बजेट विनियोजन गरिएको समाचार सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । विरोधपछि मन्त्री श्रेष्ठले आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै उक्त बजेट फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो राजनीति सधैँ जनताको सेवाको लागि, मेरो कर्म समाज विकासको लागि’, गल्ती भए माफ गर्नुहोला । कमी–कमजोरी भए सच्चिने मौका दिनुहोला । श्रद्धेय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा जय नेपाल । गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजनिक भए लगत्तै मेरोबारेमा विभिन्न भ्रम सिर्जना भएकोले, ट्रस्टको बजेटसँग जोडिएर आज सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आए ।

म त्यो विषयमा अत्यन्त गम्भीर छु । मेरो स्व। बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रस्टको उद्देश्य ज्येष्ठ नागरिक सम्मान र महिला सशक्तीकरण गर्दै असहायहरूको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय र गरिब रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । यो संस्था विगत १२ वर्षदेखि सञ्चालनमा छ ।

म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रस्टलाई समाजमा रहेका त्यस्ता वर्गहरूको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । आज सामाजिक सञ्जालमा एकाएक आएका टिप्पणीले गम्भीर बनेको छु । यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्नु नपर्ने म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु ।

म सधैँ जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको इमान्दार सिपाही हो । मेरो बुवाआमाको नाममा रहेको ट्रस्टको उद्देश्यअनुरूप सदैव कार्य गर्नेरगराउनेछु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिबद्धता समेत गर्दछु । यो फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हकहितमा सदुपयोग होस् भन्ने चाहना गर्दछु । जय नेपाल ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.