Advertisement

जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते

0 60

Advertisement

२६ असार, काठमाडाैँ । समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।

जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो ।

त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते पुर्याएको छ । त्यसपछि जसपा (बाबुराम पक्ष) ले पनि बैठकलाई एक दिन पछाडि सारेर २८ र २९ गते बनाएको हो ।

छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जसपा नेपालका नेता विश्वदीप पाण्डेले बताए ।

पार्टीको आन्तरिक अबस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन निर्माण, आगामी कार्ययोजना लगायतको विषयमा छलफल हुने गरि एजेण्डा तयार पारेको उनले बताए । बैठकमा समसामयिक विषयमा भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.