Advertisement

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले हुलाकमार्फत पठाए सन्देश

0 56

Advertisement

१९ असार, काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्।

महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज निर्माण र सामाजिक रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई प्राप्त भएको बताए।

सबै पार्टीबाट निर्वाचित देशभरका १० हजार भन्दाबढी जनप्रतिनिधिलाई हुलाकमार्फत लिखित सन्देश पठाउँदै महरले पाँच वर्षसम्मका प्रत्येक दिन जनप्रतिनिधिका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।

‘अब पाँच वर्षसम्मका हरेक दिन तपाईंका लागि महत्त्वपूर्ण हुनेछन्। प्रत्येक दिनको अधिकतम उपयोग गरेर नागरिकको भविष्य र आफ्ना अगाडिको राजनीतिक लक्ष्यका लागि एक इट्टा थप्न सक्नुहुनेछ भन्नेमा विश्वस्त छुु’ उनले भने।

नागरिकसँग जोडिएका मुद्दा तथा एजेन्डाहरू कार्यान्वयनका लागि आफूले अनवरत रुपमा आवाज उठाउँदै आएको बताउँदै महरले जनसरोकारका विषयमा आफू सधैँ जनप्रतिनिधिहरूसँगै रहने बताए। निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी र यसको महत्वबारे आफू पनि जानकार रहेको उनले बताए। ‘म र सचिवालयको विज्ञ समूहले अध्ययन, अनुसन्धान र अनुभवको दौरानमा प्राप्त गरेका ज्ञान, सीप, विज्ञता र सांगठनिक सञ्जालले आवश्यकता अनुरुप यहाँहरूलाई थप मद्दत गर्न सके भने झनै गौरव महसुस गर्नेछु’, उनले भने।

उनी २०५४ सालको स्थानीय तह चुनावमा डडेल्धुराको तत्कालीन भागेश्वर गाउँ विकास समिति–९ वडासदस्यमा निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिकालदेखि नै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, रोजगारी, कृषि र वातावरणलगायत

राष्ट्रियतासहितका एजेन्डा उठाउँदै आएका महर कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका उनले कांग्रेस महाधिवेशनमा १४ एजेन्डा सार्वजनिक गरेका थिए।

उनले सार्वभौमम मतदाताको अमूल्य मत प्राप्त गरी नागरिकको प्रत्यक्ष सेवा गर्ने मौका प्राप्त गरेकोमा जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै भनेका छन्, ‘प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी आफ्नो कार्यकाल अनुकरणीय बनाउनुहुनेछ भन्ने विश्वासका साथ तपाईंलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

महरको यो कदमलाई जनप्रतिनिधिहरूले पनि स्वागत गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरूले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको समयमा सबै पार्टीका जनप्रतिनिधिलाई लिखित पत्र पठाएर आफ्नो जिम्मेवारीबारे झकझक्याउनु निकै सकरात्मक भएको छिन्नमस्त गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी बताउँछन्।

उनले आफू लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहे पनि महरको पत्र पाउँदा निकै खुशी लागेको बताए। ‘राष्ट्रिय राजनीति विभाजित छ। अहिले एक अर्कालाई दोषारोपण गर्ने प्रवृति हाबी भएको छ। यस्तो बेला स्थानीय तह बेहाल अवस्थामा छन्उ’, उनले भने।

स्थानीय तहले जनताको घरदैलोमा रहेर काम गर्दा केन्द्रिय सरकार र नेताहरूको सहयोग आवश्यक पर्ने उनले बताए। त्यस्तो अवस्थामा सबै नेताहरूले दलगत राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा सघाउनुपर्ने र त्यसका लागि प्रतिवद्ध हुनुपर्ने उनी बताउँछन्। यस्तो अवस्थामा महरले समन्वयकारी भूमिका निर्वाह गर्ने वाचा र सम्पर्क नम्बरसहित पत्र पठाउँदा आफूलाई खुशी भएको बताए।

लक्ष्मीदेवी पाण्डे हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन्। उनी पनि कांग्रेस केन्द्रीय सदस्य महरको पत्र पाउँदा खुसी छिन्। आफूले सहयोग गर्ने बाचासहितको पत्र पाउँदा केन्द्रमा कुनै काम गर्नुपर्‍यो भने महरसँगको समन्वयमा सहज हुने उनको विश्वास छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.